देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गगनको प्रश्न- डा. केसीलाई अपराधी जस्तो व्यवहार गर्दा प्रधानमन्त्रीलाई लोकको डर लाग्नुपर्ने होइन ?

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा. गोविन्द केसीलाई अपराधीको जस्तो व्यवहार गरिएकोमा आपत्ति जनाएका छन् ।

हाल जुम्लामा रहेका डाक्टर गोविन्द केसीलाई अनसन बस्ने तयारी गर्न लागेको भन्दै प्रहरीले अवरोध गर्ने र निगरानी गरेको स्वयं डा.केसीले बताउदै आएका छन् ।

सांसद थापाले ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा. गोविन्द केसीलाई अपराधीको जस्तो व्यवहार गर्दा प्रधानमन्त्रीज्यूलाई लोकले के भन्लान् भनेर डर लाग्नु पर्ने होइन र ? भन्दै प्रश्न गरेका छन् ।

साथै उनले जुन जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसँग डर हुँदैन उनको हातमा नागरिक शासन सुरक्षित होला भन्नेमा भर पर्नु हुँदैन भनेका छन् ।

उनले भनेका छन् – ‘ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा. गोविन्द केसीलाई अपराधीको जस्तो व्यवहार गर्दा प्रधानमन्त्रीज्यूलाई लोकले के भन्लान् भनेर डर लाग्नु पर्ने होइन र ? जुन जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसंग डर हुँदैन उनको हातमा नागरिक शासन सुरक्षित होला भन्नेमा भर पर्नु हुँदैन ।’