काठमाडौं – प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्को निर्णयबाट उपरथी दर्जामा पदोन्नति भएका विनय विक्रम राणालाई आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच थापाले उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उपरथी दर्जामा पदोन्नति भएका राणालाई पश्चिम पृतना हेडक्वार्टरलाई पृतनापतिको जिम्मेवारी दिइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।





प्रतिक्रिया