देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाको सचिवालय बैठक बस्दै

देशान्तर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा एजेण्डा तय गरिएको थियो ।

यसअघि भदौ १३ गतेका लागि तय भएको बैठक आजका लागि सारिएको थियो ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

यसैगरी राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने वा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई लैजाने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

गत फागुन १४ गते सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको थियो ।

उक्त निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतले प्रधानमन्त्री ओलीलाई निरन्तर दवाव दिँदै आएका छन् ।

दाहाल पक्षका नेताहरुले गौतमलाई राष्ट्रियसभामा लैजानुपर्ने अडान दोहो¥याइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने खतिवडालाई नै दोहो¥याउने पक्षमा रहेको बताउँदै आउनुभएको छ ।

केही दिनअघि प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभामा लैजाने च्याप्टर नै क्लोज भएको बताउनुभएको थियो ।
उहाँले गौतमलाई संसदमै लैजान सक्ने विकल्पका बारेमा छलफल गरिरहनुभएको प्रधानमन्त्री निकट रहेका नेताहरुले बताएका छन् ।