देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अत्याधिक रक्तश्राव हुँदा सुत्केरीको मृत्यु

देशान्तर

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपलिकामा अत्याधिक रक्तश्रावका कारण  सुत्केरीको  अकालमा मृत्यु भएको छ । महाकुलुङ ३ का २८ वर्षीया रबिमाया कुलुङको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरी आर्चायले जानकारी दिए ।

उनका अनुसार आज विहान छेस्काम स्वास्थ्य चौकीमा नवजात शिशुलाई जन्म दिएकी कुलुङको रक्तश्राब नरोकिएपछि प्राथामिक स्वास्थ्य केन्द्र सोताङ ल्याउदै गर्दा पेल्माङ भन्ने स्थानमा  मृत्यु भएको हो ।