देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेसले बीपी जयन्ती तीन दिनसम्म मनाउने

देशान्तर

काठमाडौं – नेपाली काँग्रेस केन्द्रले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती भर्चुअल रुपमा मनाउने भएको छ। काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलवार एक विज्ञप्ति जारी गर्दै तीन दिनसम्म भर्चुअल रुपमा वीपी जयन्ती मनाउने उल्लेख गरेका छन्।

केन्द्रीय तहबाट तीन दिने कार्यक्रम तय गरिएको छ, विज्ञप्तिमा भनिएको छ। जुममार्फत हुने कार्यक्रमको पहिलो दिन बुधवार एक बजे वीपीको विचार नेपालको समुन्नतिको मुल बाटो बिषयमा बहस हुनेछ।

बहसमा प्रमुख वक्ता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। दोस्रो दिन बिहीवार नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र बिदेश नीतिमा वीपीको योगदानु विषयमा बहस हुनेछ। उक्त दिन उपसभापति विमलेन्द्र निधि एवं विज्ञहरुहरुले आफ्नो मत राख्नेछन्। तेस्रो दिन शुक्रवार विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीतिु विषयमा नरहरी आचार्य र प्रदीप गिरिले आफ्नो मन्तव्य राख्ने कार्यक्रम रहेको छ।

काँग्रेसले आफ्ना भ्रातृ संस्था तथा जिल्लाहरुमा सातैभर वीपी जयन्ती मनाउन परिपत्र गरिसकेको छ। यसैगरी काँग्रेसले यो अवधिमा राहत वितरण गर्नुका साथै स्वास्थ्य सामग्रीसमेत वितरण गर्ने जनाएको छ। विज्ञप्तिमा भनिएको छ, कोरोना प्रतिकुलताबाट सुरक्षीत रहंदै स्थानीय परिस्थिति हेरी अनिवार्य रुपले भौतिक दुरि र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअल रूपमा कार्यक्रम गर्न सूचित गरिएको छ। राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रम समेत यो अवसरमा समाविष्ट रहनेछन्।