देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा स्थायी कमिटी बैठक सकियो, अध्यक्षद्वयको प्रस्ताव पारित

देशान्तर

काठमाडौं – असार १० गतेदेखि सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ। नेकपाको सुझाव कार्यदलले दिएको सल्लाहअनुसार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दाहालले पेस गरेको १५ बुँदे प्रस्ताव पारित गर्दै स्थायी कमिटी बैठक सकिएको हो।

प्रस्तावमाथि माधव नेपाल, झलनाथ खनाल, माधव नेपाल, रघु पन्त, लिलामणि पोखरेल, भीम रावल लगायतका १३ जनाले धारणा राखेका थिए। सदस्यहरुले उठाएका सुझावलाई पनि समेट्ने गरी प्रस्तुत प्रस्तावहरुलाई पारित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। शुक्रबारको बैठकको प्रारम्भमै प्रधानमन्त्री केपी ओली सम्बोधन गरेका थिए। उनले प्रतिक्रियावादीले पार्टी विभाजनका लागि तयारी गरेको भए पनि बैठकले एकताबद्ध भएर जवाफ दिएको धारणा राखेका थिए।