लकाठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटीको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । अध्यक्षद्वयको प्रतिवेदन पारित भएसँगै दुई अध्यक्षको कार्यविभाजन पनि भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले नेकपाको आन्तरिक विवाद समाधान कार्यदलको सुझावअनुसार अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गर्दै सम्पन्न भएको हो ।
बैठकले पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिने र अर्का अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार सरकारले दैनिक कामकारबाही जारी राख्न सक्ने तर राष्ट्रिय महत्त्वका विषयमा पार्टीको निर्णय सरकारले मान्नुपर्ने बताए ।
प्रवक्ता श्रेष्ठका अनुसार त्यस्तो प्रस्ताव आएमा सचिवालयको सुझाव, दुई अध्यक्षको सहमतिमा निर्णय हुनेछ । पार्टीको महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय बैठकले गरेको छ । बैठकले एमसिसिका बारेमा भने अझै निर्णय गर्न सकेन ।





प्रतिक्रिया