देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रेशम चौधरीको रिहाई गर्न माग

देशान्तर

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले काराबासमा रहेका रेशम चौधरीको यथाशीघ्र रिहाई गर्न माग गरेको छ । जसपाले आज आज एक विज्ञप्ति जारी गर्दै जेलमा रहेका चौधरीलगायत नेता-कार्यकर्तालाई रिहाइका लागि माग गरेको हो ।

जसपाका अयक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा मधेस–थरुहट आन्दोलनमा सहभागी भएका नेता कार्यकर्तामाथि सरकारले मुद्धा चलाउने, धन–सम्पत्ति रोक्का गर्ने, थुनामा राख्ने कार्य अझै जारी रहेको भन्दै यस्ता कार्य बन्द गर्न माग गरिएको छ ।