देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान खुल्‍ने

देशान्तर

काठमाडौं । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको हो ।

पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो । सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।