देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको मृत्यु

देशान्तर

कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ की ५७ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

कोरोना सङ्क्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलालाई अस्पतालको भेन्टिलेटरमा राखेर प्लाज्माथेरापी विधिबाट उपचार भइरहेको बताइएको छ । सूचना अधिकारी श्रेष्ठले भने,“रेमडेसिविर औषधि समेत प्रयोग गरी सबै प्रयास गरिएपनि उहाँलाई बचाउन सकिएन ।” यही भदौ १७ गते कोरोना पुष्टि भई गम्भीर खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।