देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निजी सचिवालयका सदस्यलाई कोरोना पुष्टि भएपछि देउवा क्वारेन्टिनमा

देशान्तर

काठमाडौं , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो सचिवालयका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा मा बसेका छन्। देउवाको निजी सचिवालयका एक जनामा कोरोना पुष्टि भएपछि देउवा होम क्वारेन्टिनमा बसेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
सचिवालयका सदस्यहरु मध्ये पाँच जनाको स्वाब परीक्षण गरिएको थियो। पाँच मध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको हो। सभापति देउवाको स्वाब आज परीक्षण गरिने स्वकीय सचिव देउवाले बताए।

देउवा होम क्वारेन्टिनमा बसेपछि आजका लागि बस्ने भनिएको सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको छलफल पनि रोकिएको छ। संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिको विषयमा छलफल तय भएको थियो।