देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा सचिवालयको बैठक आज बस्दै

देशान्तर

 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । गत साताकाे स्थायी समिति बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजाने विषयमा छलफल गर्न सचिवालयको बैठक बस्न लागेकाे हाे । नेकपाको सचिवालय बैठक पहिलो पटक पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाडा कोटेश्वरमा बस्ने छ ।

फाइल तस्वीर

भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, एमसीसी, अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रण तथा रोकथामलगायतका विषयमा निर्णय गरेको थियो ।

तिनै निर्णयहरु कार्यान्वयनका विषयमा सचिवालयमा छलफल हुन लागेको हो । मन्त्रीमण्डल पुर्नगठन पनि छलफलको एजेण्डमा रहेको छ ।

सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव स्थायी समितिले पारित गरेकाले सोही विषयमा सचिवालयमा विस्तृतमा छलफल हुन लागेको हो ।