देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाको सचिवालय वैठक स्थगित

देशान्तर


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

गत साताको स्थायी समिति बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजाने विषयमा छलफल गर्न सचिवालयको बैठक बोलाइएको थियो ।

बिहान ११ बजे तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो । तर, आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ ।

बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको थियो ।

यसअघि नेकपाका बैठकहरु धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।

भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, एमसीसी, अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रण तथा रोकथामलगायतका विषयमा निर्णय गरेको थियो ।

सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव स्थायी समितिले पारित गरेकाले सोही विषयमा सचिवालयको आइतबार बस्ने बैठकमा विस्तृतमा छलफल हुने जनाइएको छ ।