काठमाडौं । मृगौला रोगबाट पीडित नेपाल तरुण दल सुनसरीका पूर्वअध्यक्ष दुर्गा देवकोटाको उपचारार्थ अमेरिकाबाट दुई लाख २३ हजार आर्थिक सहयोग प्राप्त भएको छ ।
नेपाली काँग्रेसका युवा नेता काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी तथा नेपाल तरुण दलका नेता एवं गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य शंकर खड्काको पहल र नेपाली काँग्रेस तरुण विभागका सदस्य विकास उप्रेतीको सक्रियतामा अमेरीकाबाट २ लाख २३ हजार ४० रुपैंया आर्थिक सहयोग संकलन गरिएको हो ।
नेपाल तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेतका अनुसार करिब डेढ दर्जन सहयोगी मनहरुबाट उक्त रकम संकलन गरीएको हो । आर्थिक सहयोग गर्नेहरुमा हरिबोल भण्डारी, शंकर खड्का, विकास उप्रेती, गौरीराज जोशी, सुनिल शाह, अन्नत सुबेदी, प्रमोद सिटौला, गुप्ता जोशी, अमृत सापकोटा, कृष्ण जीवी पन्त, रहेका छन् ।
यसैगरी उज्जवल खत्री, राजु बम्जन अमृत कट्टेल, रघु सुवेदी, राजन त्रिपाठी र प्रविन घिमिरेले पनि आर्थिक सहयोग गरेको अध्यक्ष बस्नेतले जनाएका छन् ।






प्रतिक्रिया