काठमाडौँ – नेपाल विद्यार्थी संघले बझाङको मस्टा गाउँपालिकामा सम्झना विकको बलात्कारपछि हत्या गरिएको भन्दै यस प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ । नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले शनिबार विज्ञप्ति जारी गर्दै घटनाका दोषीलाई कारबाहीको माग गरेका हुन् ।
बुधबार १२ वर्षीय विकको शरीरमा चोटपटक लागेको अवस्थामा शव भेटिएको थियो । नेवि संघले यस्ता गम्भीर अपराधका घटनामा सजायका लागि कडा कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।






प्रतिक्रिया