देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा अध्यक्ष ओली र दाहालबीचको भेटवार्ता एक्कासी स्थगित

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार हुने भनिएको भेटवार्ता एकाएक स्थगित भएको छ । ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत विहीबारयता दिनहुँजसो भेटवार्ता हुँदै आएको छ । दुई नेताबीच मंगलबार भएको छलफलमा भेटवार्तालाई निरन्तरता दिँदै जाने सहमति भए पनि अध्यक्ष प्रचण्डको आग्रहपछि भेटवार्ता स्थगित भएको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

‘आज हुने भनिएको भेटवार्ता प्रचण्डजीको आग्रहमा स्थगित भएको भन्ने थाहा भयो । तर, उहाँले के कारणले स्थगित गर्न आग्रह गर्नुभएको हो त्यसबारे भने थाहा भएन’, उनले भने ।

यसअघि, लगातार भएका छलफल र भेटवार्तामा दुवै अध्यक्षले आ–आफ्ना अडान नछोड्दा मन्त्रिपरिषद् पुनगर्ठनमा ढिलाइ भइरहेको छ ।