देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकार दुवै जनालाई कोरोना पुष्टि

देशान्तर

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल कोरोना संक्रमित भएका छन्।

 शनिबार दिउँसो रिमालले समाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै आफूमा कोरोना पोजिटिभ देखिएको जानकारी गराएका छन्। सल्लाहकार रिमालले यसबीचमा आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नसमृत आग्रह गरेका छन्।

यस्तै प्रेस सल्लाहकार सूर्य थापालाई शनिबार दिउँसो कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार दिएको पिसिआर परीक्षणको रिपोर्ट शनिबार पोजिटिभ आएको थापाले जानकारी दिएका छन्। उनले आफ्नो सम्पर्कमा आएका सबै जनासँग सावधानी अपनाउन पनि आग्रह गरेका छन्।