देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार मस्त निद्रामा छ, डा.केसीको जीवनरक्षाको चिन्ता देखिएन : गगन थापा

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

नेता थापाले २० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा सरकार भने मस्त निद्रामा रहेको टिप्पणी गरेका छन् । साथै सांसद थापाले सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको भन्दै सरकारलाई केवल सांसद र मन्त्री कसलाई बनाउने भन्ने चिन्ता रहेको आरोप लगाएका छन् ।

गगनले भनेका छन् – ‘२० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । सरकार मस्त निद्रामा छ । सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको,चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने । त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं – डा.केसीको जीवन रक्षा गर ! सहमतिको पालना गर !