देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

कोरोना परीक्षणका लागि बिहीबार स्वाब लिइएका प्रधानमन्त्री ओलीको कोरोना भाइरस( कोभिड–१९) परीक्षण रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका तीनवटै सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण भएपछि उनको स्वास्थ्यबारे चासो बढेको छ।

प्रधानमन्त्री निवासमा खटिएका दर्जन बढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री, स्वकिय सचिव इन्द्र भण्डारी, विकास विज्ञ गजेन्द्र थपलिया, प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।

सुरक्षामा खटिएका १५/२० जना सुरक्षाकर्मीलाई पनि कोरोना देखिएको छ।