देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द

देशान्तर

काठमाडौँ – नेताहरुमा कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ।

असोज २२ गतेसम्मका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय बन्द गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

शनिबार नेताहरु अर्जुननरसिंह केसी, गगन थापा लगायतलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य मापदण्डलाई ख्यालमा राखी कार्यालय पाँच दिन बन्द गरिएको पौडेलले बताए।