देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा सचिवालय बैठक आज पनि स्थगित

देशान्तर

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) ले आजको सचिवालय बैठक स्थगित गरेको छ । आज अपराह्न ४ बजेका लागि तय भएको सचिवालय बैठक स्थगित भएको सूचना आएको एक सचिवालय सदस्यले जानकारी दिए ।

शनिबारका लागि तय भएको बैठक आज अपराह्न सारिएको थियो । शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चारा सहित ६५ जना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि बैठक सारिएको बताइएको छ ।
सचिवालयका सदस्यहरुलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीले तत्काललाई सबै किसिमका भेटघाट बन्द गरिसकेका छन् ।
मन्त्रिपरिषद पुनर्गठन, विभिन्न नियुक्ति, पार्टी एकता लगायतका विषयमा निर्णय गर्न बैठक डाकिएको थियो ।