देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीले डा. केसीसँग वार्ता नगरे महँगो साबित हुने काग्रेसको चेतावनी

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग वार्ता नगर्ने हठ प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महँगो साबित हुने चेतावनी दिएको छ । कांग्रेसले बुधबार प्रेस विज्ञिप्त जारी गरेर डा.केसीसँग वार्ता नगर्ने हठ प्रधनमन्त्री केपी ओलीका लागि महँगो साबित हुने चेतावनी दिएको हो ।

डा केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महँगो पर्नेछ प्रधानमन्त्रीज्यू, प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हेक्का रहोस् लोकतन्त्र भर्सेस कम्युनिस्टतन्त्रमा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भूल किमार्थ नगरियोस् ।

कांग्रेसले डा केसीले अघि सारेका मागहरु संवादमार्फत समाधान खोज्‍ने लोकतान्त्रिक संस्कार प्रधनमन्त्री ओलीमा नभएको पनि टिप्पणी गरेको छ । सत्याग्रहीलाई दुर्व्यवहारदेखि सत्ताको अहंकारसम्मले कम्युनिस्टतन्त्रको मनोविज्ञानलाई पुष्टि गरेको कांग्रेसको भनाइ छ ।