देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेस नेताहरुको फेरी स्वाव संकलन

देशान्तर


काठमाडौं । नेपाली काँग्रेसका नेताहरुको स्वाब संकलन गरिएको छ । आइतबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका लागि नेताहरुको स्वाब संकलन गर्न लागिएको हो ।

त्यसका लागि नेताहरु अहिले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् । १९ गतेका लागि तय भएको केन्द्रीय कार्यसमितिको बैठक अघि पनि स्वाब संकलन गरिएको थियो ।

त्यतिबेला केही नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक नै स्थगित भएको थियो । उक्त बैठक आइतबार बस्दै छ ।

आइतबारको केन्द्रीय कार्यसमितिको बैठकले आगामी महाधिवेशनका विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।

कोरोनाका कारण परिस्थति अप्ठेरो रहे पनि महाधिवेशनको मिति यथावत राखेर जिल्ला तथा प्रदेश अधिवेशनको मिति परिमाजर्न गर्नुपर्नेमा गुरुङले जोड दिए ।