देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपा कार्यकारिणी समितिको बैठक कात्तिक पहिलो साता बस्ने

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा ) नेपालले कात्तिक पहिलो साता केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले कात्तिक ३ र ४गते बैठक बोलाएका हुन् । बैठकमा संघीय परिषद् र केन्द्रीय समिति गठन, पार्टीको विधान संशाधन, कार्यविभाजन र पार्टी समायोजन लगायतका विषयमा छलफल हुनेछ ।

तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको ६ महिना हुँदा पनि केन्द्रीय समिति बन्न सकेको छैन ।