देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा सांसद सानु सिवा पहाडीको निधन

देशान्तर

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) की सांसद तथा जनवादी गायिका सानु सिवा पहाडीको निधन भएको छ।

प्रतिनिधि सभाकी सांसदपहाडीको बुधबार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। मुटुमा समस्या देखिएपछि उनलाई उपचारका लागि केएमसीमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।

‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधामन्त्री ओलीले भनेका छन्।

लामो समयदेखि मिगौला रोगबाट पीडित पहाडीको २०६३ मा भारतको तामिलनाडुमा मिगौला प्रत्यारोपण गरिएको थियो।