काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी आयोजनामा अर्बौँ भ्रष्टाचार गरेको भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लगाएको आरोपमा सत्यता नभएको स्पष्ट पारेकाछन्
उनले पूर्वप्रधानमन्त्री भट्टराईको नाम नलिइकन निर्णय नै नभएको, काम नै सुरु नभएको आयोजनामा अर्बौँको भ्रष्टाचार गरेको भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको दाबी गरे । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही समयअघि प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालले अर्बौँ घुस लिएको आरोप लगाएका थिए ।
यो आरोपको प्रधानमन्त्री ओलीले पहिलो पटक गलत सूचनाको प्रचार भएको बताए । उनले देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लाग्ने हर्कत आफूहरुले कहिल्यै नगर्ने स्पष्ट पारे ।





प्रतिक्रिया