देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कमल थापा आईसीयुमा भर्ना

देशान्तर

 कोरोना संक्रमित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा काठमाडौं चाबहिलस्थित ओम अस्पतालको सघन उपचार कक्ष ‘आईसीयू’मा भर्ना भएका छन् ।

टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्व–उपप्रधानमन्त्री थापालाई आईसीयूमा भर्ना गरिएको हो ।

उनको उपचारमा डा. विश्वनाथ कोइराला, डा. सुबोध सागर ढकाल, डा. प्रमेश सुन्दर श्रेष्ठलगायत रहेको चिकित्सक टोली संलग्न रहेको अस्पतालले जनाएको छ । थापाको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ । थापालाई गत बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।