देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेस प्रमुख सचेतक खाण र सांसद थापाद्वारा दसैं भत्ता फिर्ता

देशान्तर

काठमाडौं – नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सांसदका रूपमा पाएको दसैं भत्ता फिर्ता गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गरेर खाणले दसैं भत्ता फिर्ता गरेको जानकारी दिएका हुन् । प्रमुख सचेतक खाणले दसैं भत्ता बापतको रकम जनहितमा खर्च गर्नका लागि भन्दै फिर्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘हालको विषम परिस्थितिमा आम नेपालीले अभाव, पीडा र कठिनाई भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक, जनउत्तरदायी र उचित नभएकोले मलाई प्राप्त भएको दसैं भत्ता बापतको रकम संसद सचिवालय मार्फत जनहितमा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने व्यहोरा जानकारी गराउँदछु,’ विज्ञप्ति भनिएको छ । 

खाँणले उक्त रकम सरकारको कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन संघीय संसद सचिवालयलाई आग्रह गरे । यस्तैकाँग्रेसका सांसद गगन थापाले पनि आफ्नो खातामा आएको दसैं भत्ता बापतको रकम फिर्ता गरेका छन् । 

थापाले नगद ६४ हजार ७० रुपैयाँ फिर्ता गरिएको उनको सचिवालयले जानकारी दिएको छ । विषम परिस्थितिमा पनि सांसदहरूलाई  दसैं भत्ता दिइएकोमा चतर्फी आलोचना भएपछि केही सांसदहरूले आफूले भत्ता फिर्ता गरेको घोषणा छन्  ।