देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपाको केन्द्रीय कार्यकारिणी वैठक आज

देशान्तर

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ। बिहान ११ बजे सुरु हुने बैठक सुरु हुने नेता केशव झाले जानकारी दिए ।

बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन, कार्यकारिणी समिति सदस्यको कार्यविभाजन, संघीय परिषद्को गठन, समायोजन लगायतका एजेन्डा रहेका नेता झाले बताए ।

जसपाको केन्द्रीय समितिको आकार ८ सय १ हुने र संघीय परिषद् १ हजार २ सय १ हुने तय भएको छ ।

जसपाको यो दोस्रो केन्द्रीय कार्यकारिणी समितिको बैठक हो । यसअघि गत साउन २१ देखि २४ गतेसम्म पहिलो बैठक बसेको थियो । त्यतिबेला बैठक बसेको बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानमै आजको बैठक पनि बस्ने बताइएको छ ।

गत बैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी गठन भएको थियो । एकता भए पनि समायोजजन र कार्यविभाजन लगायतका काम सकिएको छैन ।