देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिरञ्जिवी सापकोटाको अभिनयमा बहिनी बोलको गीत बजारमा

देशान्तर

काठमाडौं । रंग पत्रकारितासँगै पछिल्लो समय कलाकारितामा जम्दै गएका चिरञ्जिवी सापकोटाको अभिनयमा बहिनी बोलको गीत सार्वजनिक भएको छ।

एसथ्रीके इन्टरटेन्मेन्टको प्रस्तुत गरेको यो गीत निकै कारुणिक छ। गीतमा बहिनीसँग बिछोडिएका सापकोटालाई वक्षिप्त अवसथामा देख्न सकिन्छ।

उनकी बहिनीको रुपमा बहिरा कलाकार सुजल बम देखिएकी छन्। यस्तै गीतमा समीक्षा पोखरेल, दिनेश कठायत, अर्जुन विकलगायत कलाकारको भूमिका देख्न सकिन्छ। १३ मिनेट बढी समयको उक्त भिडियोमा परिवारमा बहिनीसँगको घुलमिलदेखि अन्य विषयलाई समेटिएको छ।

स्वर, संगीत तथा एरेन्ज हेमन्त कान्छा रसाइलीको छ। भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुुन्। लामो समय पत्रकारिता गरेका सापकोटा पछिल्लो समय कलाकारितामा बढी सक्रिय देखिन्छन्।

कोरोना भाइरस माहामारी नियन्त्रण तथा रोकथामका लागि मुलुकमा जारी गरिएको लकडाउनका बेला गायनबाट कलाकारिता यात्रा सुरु गरेका सापकोटा म्युजिक भिडियोमा अब्बल अभिनय गर्न सक्ने कलाकारका रुपमा परिचित हुँदै गएका छन्।

उसो त उनी अहिले मात्रै कलाकार भएका भने होइनन्। सानैदेखि विभिन्न सडक नाटकमा सहभागी हुँदै आएका थिए। उनले केही समयको अन्तरालमै दर्जनौं गीतमा अभिनय गरिसकेका छन्।