काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौं क्षेत्र नंवर १ का बिभिन्न स्थानमा आयोजित मास्क बितरण कार्यक्रममा नेता सिंहले कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय संविधान विपरित भएको बताएका हुन ।
उनले संविधानले ग्यारेन्टी गरे अनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको समेत बताए ।
उनले कोभिड १९ संक्रमण अत्याधिक बढ्दै गएको अवस्थामा सरकार पछाडी हटेर आफ्नो उपचार आफैं गर्न भन्नु गैरजिम्मेवारपूर्ण कदम भएको पनि बताए । त्यस्तै उनले एकातिर जनतालाई पीसीआर परीक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय सांसदहरुलाई दशैंभत्ता दिने कामले सांसदहरुलाई जनताको नजरमा बदनाम गर्ने नियत देखिएको उल्लेख गरे ।
केहि दिन अघिदेखि नै नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रमा मास्क वितरण शुरु गरेका छन् । यसअघि नेता सिंहले लकडाउनका कारण समस्यामा परेकाहरुलाई उद्धार र खाद्यान्न सहयोग गर्दै आएका थिए । मास्क बितरण ठुलो काम नभएपनि यो महामारीको समयमा सचेतनाका लागि महत्त्वपूर्ण हुने भएकाले स्थानीय पार्टीका साथीहरुको आग्रहमा आफुले यो अभियान सुरुगरेको बताए ।





प्रतिक्रिया