देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कात्तिक २१ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्ने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कात्तिक २१ गते पार्टी कार्यालयमा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

यसअघि असोज १९ गते बोलाइएको बैठक केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो ।

केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।