देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धापासीमा मन्दिरको प्राङ्‍गणमै छुरा प्रहार गरी हत्या

देशान्तर

काठमाडौं – काठमाडौंको टोखा नगरपालिका-५ धापासी बस्ने २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी शुक्रबार बिहान हत्या भएको छ। धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्‍गणमा नचिनेका मानिसहरूले उनीमाथि एक्कासी छुरा प्रहार गरेका थिए।

छुरा प्रहारपछि गम्भीर घाइते भएका मगरको चिरायू अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक आशिषको घर गोरखा रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ। प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गरिरहेको छ।