देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्राफिक प्रहरीले तीनकुनेको खाली जग्गामा गुर्जो रोप्यो

देशान्तर

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा एक हजार ५०० वटा गुर्जोको बिरुवा रोपेको छ। त्यस्तै, उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५र५ वटा गुर्जोको बिरूवा रोपेको प्रहरीले जानकारी दिएको छ।

शनिबार एक कार्यक्रमका वीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा गुर्जोको बिरूवा रोपिएको हो।

‘फ्रन्ट लाइनमा रहेर काम गर्ने ट्राफिक प्रहरीले सडकमा धेरैसँग सम्पर्क गर्नुपर्ने र यसो हुँदा कोरोना भाइरस संक्रमणको जोखिम पनि धेरै छ,’ एसएसपी भीमप्रसाद ढकालले भने, त्यसैले रोग प्रतिरोध क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाइदा भएकोले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा यस्ता विरूवा रोप्ने कामको थालनी गरिएको हो।

आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सह(सचिव किशोर जोशीले ट्राफिक महाशाखालाई उक्त गुर्जोको बिरुवा वितरण गरेका थिए।