देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस शीर्ष नेताहरुको बैठक आज

देशान्तर

पार्टीभित्रको विवादमा समाधान पहिल्याउन नेपाली कांग्रेका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले दिउसो पार्टी कार्यालय सानेपा ललितपुरमा बैठक बोलाएका हुन् ।

पार्टीको आन्तरिक विवादसँगै कांग्रेसले सरकारविरुद्धको आन्दोलन, संसदको विशेष अधिवेशन मागलगायतका विषयमा छलफल गर्ने तयारी गरेको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज १२ मा बुझाएको विरोधपत्रका सन्दर्भमा छलफल हुनेछ ।

पौडेल पक्षले विभाग, क्रियाशील सदस्यता वितरण, मनोनित केन्द्रीय सदस्य, भ्रातृ संस्थाको पदावधि लगायतका विषयमा असहमति जनाउदै आएको छ । कार्तिक २१ गते बोलाइएको केन्द्रीय समिति बैठक अघि आफ्ना माग सम्बोधन हुनुपर्ने असन्तुष्ट पक्षको माग छ ।

कांग्रेसले १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने भने पनि अहिलेसम्म क्रियाशील सदस्यता टुंगो लागेको छैन । क्रियाशील र विजयकुमार गच्छदासँगको समायोजनका कतिपय काम नटुंगिएकाले महाधिवेशन समेत पछि धकेलिने सम्भावना छ । कांग्रेस नेताहरुले समेत फागुनमा महाधिवेशन सम्भव नभएको बताउदै आएका छन् ।