काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुरा नमिलेपछि पार्टी फुटको संघारमा पुगेको विश्लेषण हुन थालेको छ ।
शनिबार भएको दुवै अध्यक्षबीचको भेट र त्यसपछि भएको टेलिफोन कुराकानी सकारात्मक नभएको देखिएको छ । अहिले दुवै पक्षका नेताहरु आआफ्नो रणनिति बनाउन लागिरहेका छन् भने दोस्रो पुस्ताका केहि नेताहरु एकता बिग्रिन नदिने प्रयासमा लागेको देखिएको छ ।
यसै प्रसंगमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले एकताका वेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको टिप्पणी गरेका छन् ।
सामाजिक संजालमा पोखरेलले त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिन्न र खबरदारी गर्न आग्रह गर्दै व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाउन आग्रह गरेका छन् ।
उनले भनेका छन् –
‘एकताका वेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो । त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !’!





प्रतिक्रिया