काठमाडौं – आज दिउँसो बस्न लागेको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । पार्टीको आमन्त्रित केन्द्रीय सदस्य एवम् संघीय सांसद सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा पदाधिकारी बैठक स्थगित गरिएको हो ।
यसअघि सोमवार कांग्रेस पदाधिकारी बैठक बसेको थियो । सोमवार आज बस्ने गरी बैठक रोकिएपनि केसीको निधनका कारण बैठक स्थगित गरिएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै आज पदाधिकारी बैठक बस्ने समयमा आकस्मिक केन्द्रीय समिति बैठक बोलाइएको छ । पौडेलका अनुसार पदाधिकारी बैठकले सांसद केसीको निधनप्रति शोक प्रस्ताव पारित गर्नेछ ।





प्रतिक्रिया