काठमाडौं -वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक आज बस्ने भएको छ। सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो। सांसद सूर्यबहादुर केसीको निधनले मंगलबार बोलाइएको बैठक स्थगित भएको थियो।
वरिष्ठ नेता पौडेल पक्षले असोज १२ मा सभापति शेरबहादुर देउवाले गरेका निर्णय विधानविपरीत रहेको भन्दै विरोध पत्र बुझाएको थियो। शुक्रबारदेखि केन्द्रीय समितिको बैठक बोलाइएको छ। बैठकबाट महाधिवेशनको नयाँ कार्य तालिका र सरकारविरुद्ध विरोधका कार्यक्रमको निर्णय गराउन संस्थापन पक्ष लागेको छ। पौडेल पक्षले आफ्ना मागलाई प्राथमिकतामा राख्न दबाब दिँदै आएको छ। विभाग गठन, क्रियाशील सदस्यता वितरण, फरक दलबाट आएकाको समायोजन र क्रियाशील सदस्यता,भातृ संस्थाको पदावधि लगायतमा पार्टीभित्र विवाद छ।





प्रतिक्रिया