देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस शिर्ष नेताहरुको बैठक आज पनि बस्दै

देशान्तर

काठमाडौं । कांग्रेसका शिर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा मुख्य गरी फागुनमा तय गरिएको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने विषयमा छलफल बढी केन्द्रित छ । पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले विभिन्न विषयमा धारणा राख्ने क्रम शुक्रबार पनि जारी रहेको थियो । अझै केही वक्ताले धारणा राखेर निष्कर्षमा पुग्नका लागि आज पुनः बैठक बस्ने जनाइएको छ ।

शुक्रबारको बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू डा रामशरण महत, डा मिनेन्द्र रिजाल, एनपी साउदलगायतले १४ औं महाधिवेशन फागुन गर्न समस्या रहे पनि धेरै टाढा सार्न नमिल्ने धारणा राखेका थिए । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, नेताहरूले एकदेखि डेढ घण्टासम्म समय लिएर विचार राखेकाले बैठक लम्बिएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, पूर्व पदाधिकारी र केही प्रभावशाली केन्द्रीय सदस्यहरूको उपस्थिति छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ जना केन्द्रीय सदस्यले सभापति देउवालाई बुझाएको ध्यानाकर्षणपत्रका विषयलाई टुङ्गोमा पु¥याएर कात्तिक २४ गते केन्द्रीय कार्य समितिको बैठक बस्ने तयारी रहेको छ ।