देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीद्वारा जो बाइडेनलाई बधाई

देशान्तर

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडनलाई हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत नवनियुक्त राष्ट्रपति बाइडनलाई बधाई ज्ञापन गरेका छन् । नवनियुक्त राष्ट्रपति बाइडनसँगै कमला ह्यारिसलाई पनि प्रधानमन्त्री ओलीले बधाई दिएका छन् ।

कमला ह्यारिस अमेरिकी इतिहाँसकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति हुन् । बाइडन र ह्यारिसलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले लेख्नुभएकाे छ- हार्दिक बधाई तपाईँहरूको प्रभावशाली र ऐतिहासिक जीतमा । म हाम्रा दुई देशहरूबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु ।’