देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

समुदायमा कोरोना फैलिएपछि बढ्यो मृत्युदर

देशान्तर

काठमाडौँ – समुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । गत २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । बिहीबारयता तीन दिनभित्रमा देशभरीमा ७४ जनाको मृत्यु भएको छ ।

असोज तेस्रो सातासम्म कुल संक्रमित मध्येमा ०.५ प्रतिशत मृत्यु दर रहेकोमा कात्तिकको तेस्रो सातादेखि यता शुन्य दशमलव १ प्रतिशत बढेर ०.६ प्रतिशत पुुगेको छ । असोजदेखि यता नेपालमा दैनिक १४ देदि ३० जनाको दरले मृत्यु भइरहेको तथ्याकंले औंल्याएका छन् । कात्तिक २२ मा १७, २१ मा १८ जना, २० गते १८ जना र १९ गते एकैदिन ३० जनाको मृत्यु भएको छ ।

त्यसैगरी, कात्तिक १७ गते २४ जना, १६ गते २३ जना, १५ र १४ मा १७ जनाको दरले मृत्यु भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।