देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हरिवनमा तरुण दलको चियापान कार्यक्रम सम्पन्न

देशान्तर

हरिवन (सर्लाही) । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले हरिवनमा चियापान कार्यक्रमको आयोजना गरेको छ । तरुण दलका महाधिवेशन प्रतिनिधि एवं नेविसंघका पूर्व जिल्ला सभापति निरमुनी मैनालीको संयोजकत्वमा चियापान कार्यक्रम सम्पन्न भएको हो ।

दिपावली एवं छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम गरिएको मैनालीले जानकारी दिए । कार्यक्रमलाई संबोधन गर्दै उनले युवाहरुले नै कांग्रेसमा आकर्षण पैदा गर्ने भएकोले प्रत्येक क्रियाशिल युवाले कम्तिमा पनि तीन जना युवाहरुलाई कांग्रेसको झन्डामुनी ल्याउने अभियान संचालन गर्नुपर्ने धारणा राखे । नेपाली कांग्रेस हरिवन नगर समितिका सचिव एवं युवा नेता निरोज कार्कीको सहजीकरण एवं तरुण दल हरिवन नगरपालिका वडा नं. ९ का सभापति शंकर मैनालीको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला कार्यसमितिका सहसचिव डोरप्रसाद भट्टराई, जिल्ला समिति सदस्यद्वय सुनिता घिसिङ र कृष्णजंग रायमाझी, महासमिति सदस्य शेरबहादुर लामा, महाधिवेशन प्रतिनिधि एवं कांग्रेस नेतृ सोनीकुमारी बम्जन, कांग्रेसका युवा नेताहरु सुरेश महत, विनोद कार्की, अर्जुन योञ्जन, केशवराज थापा, नरेन्द्र भट्टराई, युगल सुवेदी, आदिबासी जनजाती अध्यक्ष बुद्दिमान तामाङ लगायतले शुभकामना मन्तव्य सहित पार्टी सुदृढिकरणका विषयमा विचार व्यक्त गरेका थिए ।

चरम गुटउपगुटको राजनीति भन्दापनि गाउँ गाउँमा रचनात्मक गतिविधी बढाउँदै संगठन विस्तार एवं पार्टी सुदृढिकरणमा लाग्नुपर्ने वक्ताहरुको धारणा थियो । हरिवनमा नेतृत्व तहले कार्यकर्तालाई उचित संरक्षण गर्न नसकेको, संगठन विस्तार एवं सुदृढिकरणमा गतिविधी नगरेको लगायत गुनासो गर्दै अब युवा वर्ग एकजुट भएर नेतृत्व तहमा आउनुपर्ने वक्ताहरुको विचार थियो ।