
काठमाडौं । नेपाल तरुण दल केन्द्रीय अध्यक्ष जित जङ बस्नेतले काठमाडौं क्षेत्र नं ३ जोरपाटी नयाँ वस्तीका १६ सामाजिक संस्थालाई ६६ थान अक्सीमिटर हस्तान्तरण गरेका छन् । कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीले उपलब्ध गराएको ६६ थान अक्सीमिटर १५ हजार सर्जिकल माक्स तरुण दल क्षेत्र नम्बर ३ मार्फत वितरण गरिएको हो । कोरोना महामारीको बेलामा अक्सीमिटर र मास्क निक्कै उपयोगी मानिन्छ ।
तरुण दल अध्यक्ष बस्नेतको प्रमुख आतिथ्यतामा स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा तरुण दल काठमाडौं सभापति कृष्णजी खड्का, कांग्रेस महासमिति सदस्य विमल ठकुरी, एनआरएन आइसीसी क्षेत्रीय संयोजक मनोज गोर्खाली, प्रदेश सांसद छिरिंगदोर्जे लामा, मेयर सन्तोष चालिसे, तरुण नेता जयराम भण्डारी लगायतको सहभागिता थियो । कांग्रेस नेता भण्डारीले यसअघि काठमाडौं क्षेत्र नम्बर ३को हरेक वडामा ७५ हजारका दरले दशैंअगाडी विपन्नहरुलाई राहत उपलब्ध गराएका थिए ।





प्रतिक्रिया