देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा सचिवालय बैठक भोलि

देशान्तर

काठमाडौं – सत्तारुढ दल नेकपा सचिवालय बैठक भोलि अपराह्न ४ बजे बोलाइएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णुप्रसाद पौडेलमार्फत शुक्रबार सचिवालय बैठक बोलाएका हुन्। उनले शुक्रबार अपराह्न ४ बजे बैठक बस्ने सचिवालय सदस्यहलाई जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउन मानेका थिएनन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल दाहालले बैठक बोलाउने तयारी गरेका थिए। उनले आजको समय दिएका थिए। आज बैठक नबोलाए आफै बोलाउने तयारी गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओली सचिवालय बैठक बोलाउन पुगेका हुन्।

नेकपाभित्र फेरि विवाद उत्पन्न भएको छ। विवादबारे छलफल गर्न प्रचण्डलगायत पाँच सचिवालय सदस्यले बैठकको माग गर्दै आएका थिए।