देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज देशभर १९ सय ४६ जना कोरोना संक्रमित थपिए ,थप १३ संक्रमितको मृत्यु

देशान्तर

काठमाडौं । पछिल्लो पटक आज देशभर थप १९ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख ८ हजार २ सय ९९ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३७ हजार २२ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर २५ सय ३ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ७० हजार ६७२ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १३ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय १५ पुगेको छ।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा ८ हजार ७५३ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख २ हजार ६ सय ३ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ।