काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सांसद दिव्यमणि राजभण्डारीले महाविर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाइ १ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपाल संवत ११४१ को अवसरमा नेपाली कांग्रेसका नेता तथा सांसद दिव्यमणि राजभण्डारीले महाविर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाइ कोरोना महामारी विरुद्धको संघर्षमा लाग्न प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ सहयोग गरेका हुन् ।
सांसद राजभण्डारीले सहयोग हस्तान्तरण गर्दै आविष्कार केन्द्रको प्रगतिको कामना संगै आविश्कार केन्द्रलाइ सकेको सहयोग गर्न संपुर्ण दानविरहरुमा आह्वान गरे। उनले भने ञबिगत पच्चीस तीस बर्ष देखि हरेक बर्ष आजको नब बर्षको दिनमा मैले मेरो घरमा भोजको आयोजना गरेर साथीभाईहरु लाई बोलाएर खानपिन गरि रमाइलो गर्ने र नयाँ बर्ष मनाउने गर्दथें तर यो बर्ष कोरोनाको महामारीले गर्दा त्यस्तो कार्यक्रम राख्न मिलेन किन भने सामाजिक दुरी कायम राख्नु पर्ने र भोज भतेर गर्न नपाउने स्वास्थ्यबिज्ञहरुको सल्लाह छ र सो नमानेमा कोरोना फैलिने डर हुन्छ, त्यसैले यो बर्षको भोज गर्ने र रमाइलो गर्ने पैसा बचेको हुनाले सो पैसा राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने निर्णय गरेको हुँ ।
सहयोग ग्रहण गरे पछि महाविर पुनले सांसद दिव्यमणिलाइ धन्यवाद दिदै राष्ट्रिय आविस्कार केन्द्रलाइ सहयोग गर्ने पहिलो सांसद दिव्यमणि राजभण्डारि भएको सुनाउदै सवैमा सहयोगको लागि आग्रह गरे।





प्रतिक्रिया