देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाको सचिवालय बैठककै समयमा ओलीले डाके मन्त्रिपरिषद् बैठक

देशान्तर

काठमाडौं – नेकपा सचिवालयको बैठकको समयसँग जुधाएर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीसहित यसअघि बसेको सचिवालय बैठकले आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । तर, पार्टीको बैठक छल्न प्रधानमन्त्री ओलीले आजै १ बजे नै मन्त्रिपरिषद बैठक डाकेका छन् ।

ओली पक्ष आजको सचिवालय बैठक रोक्ने प्रयासमा छ । दाहाल–माधव नेपाल पक्ष भने बैठक जसरी भए पनि बसाल्ने तयारीमा छ । सचिवालयमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल मन्त्रिपरिषदमा समेत छन् । नेकपाको विवाद उत्कर्षमा पुगेका बेला पर्यटनमन्त्रीसमेत रहेका नेता योगेश भट्टराईले ‘सर्वाधिक कठिन समय’ भएको बताएका छन् । उनले ट्वीटरमा सो कुरा उल्लेख गरेका हुन् ।