देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली र प्रचण्डको उपस्थितिमा नेकपा सचिवालय बैठक सुरु

देशान्तर

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाल कम्युनिष्ट पार्टी (नेकपा ) को सचिवालय बैठक शुरु भएको छ ।

पार्टीभित्र आन्तरिक विवाद चुलिएर पार्टी नै फुटको अवस्थामा पुगेको भनिएका बेला बसेको सचिवालयलाई महत्वपूर्ण रुपमा हेरिएको छ । यसअघि गत कार्तिक २८ गते शुक्रवार सचिवालय बैठक बसेको थियो । शुक्रवारको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न आरोपहरु लगाउँदै एकल प्रस्ताव पेश गरेका थिए । भने आजको लागि बैठक तय गरिएको थियो ।

सचिवालय बैठक शुरु हुनुपूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । यसअघि मंगलवार पनि अध्यक्षद्वय ओली र प्रचण्डले पालैपालो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए । पार्टी विवाद चुलिएका बेला राष्ट्रपतिसँग नेकपा अध्यक्षद्वयको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि पनि पार्टीको विवादमा सक्रियता देखाएको भन्दै राष्ट्रपति भण्डारीको आलोचना भइरहेको छ ।

त्यस्तै आज नै १ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक भने २ बजेसम्मका लागि सारिएको छ ।