काठमाडौं – नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले बढ्दो कोरोना महामारीको समस्याको समाधान खोज्न नेतृत्वलाई आग्रह गरेका छन् । चाडपर्वको अन्त्यसँगै बढ्दो हिंउदको जाडोमा कोरोना महामारी बढिरहेको बेला सम्पूर्ण उपाय लगाएर त्यसको रोकथामका लागि प्रतिपक्षीको भूमिका सशक्त हुनुपर्ने भन्दौ नेतृत्वलाई सक्रिय हुन आग्रह गरेका हुन् ।
उनले आर्थिक संकट झन् गहिरिएर जाने निश्चित रहेको भन्दै अर्थतन्त्रको बर्वादी नियन्त्रण गर्न गम्भीरतापूर्वक सबै उपाय लगाउनु जरुरी रहेकोमा जोड दिएका छन् । सामाजिक संजाल फेसबुकमार्फत लेख्दै सांसद राजभण्डारीले महामारीको बेलामा सत्तारुढ पार्टी व्यक्तिगत र गुटगत स्वार्थले गर्दा आफैं अकर्मन्य भएको बताएका छन् ।
यही अवस्थामा विदेशी चलखेल देखिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले गम्भीरतापूर्वक यो अवस्थालाई संस्थागत रुपले संवोधन गर्ने बेला आएको उनको भनाई छ । उनले कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकबाट परराष्ट्र, अर्थ, स्वास्थ्य मामिलाका अनुभवी, जानकार र क्रियाशील सदस्यलाई राखेर वर्तमान संकटबारे बैठक बोलाए साझा निर्णय गर्न आग्रह गरेका छन् ।





प्रतिक्रिया