देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवाटार जग्गा प्रकरणमा माधव नेपालविरुद्धको रिटमाथि आज सुनुवाइ हुदै

देशान्तर

काठमाडौं । बालुवाटार, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा प्रमुख भूमिका खेलेको भन्दै पूर्व(प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्धको रिटमाथि आज सर्वोच्‍च अदालतमा सुनुवाइ हुँदैछ। उक्त जग्गा व्यक्तिको नाममा बनाउन प्रमुख भूमिका खेलेका नेकपा नेता नेपाललाई प्रतिवादी नबनाएको भन्दै दायर रिटमाथि आज सुनुवाइ हुन लागेको सर्वोच्च अदालतले जनाएको छ।

२०७६ माघ २२ मा दायर भएको उक्त मुद्दामा वरिष्ठ नेता नेपाललाई प्रतिवादी नबनाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ सर्वोच्चका न्यायाधीशहरू डाक्टर आनन्द मोहन भट्टराई र डाक्टर मनोज कुमार शर्माको संयुक्त इजालसमा रहनेगरी पेसी तोकिएको छ।

सोही जग्गा प्रकरणमा अख्तियार दुरुपयोग आयोगले पनि नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।